बलिउड/हलिउड

कपिल देव बन्न रणवीरलाई २० करोड पारिश्रमिक

By खबरहब

December 22, 2021

मुम्बई(बलिउड हंगामा)– निर्देशक कबीर खान निर्देशित फिल्म ‘८३’ रिलिजको संघारमा छ । जसकारण यो फिल्मप्रति चासो राख्ने दर्शकमाझ एउटा छुट्टै उत्साह देखिएको छ ।

भारतले सन १९८३ जितेको विश्वकप क्रिकेटको कथा वरपर रहेर निर्माण गरिएको फिल्ममा अभिनेता रणवीर सिंह प्रमुख भूमिकामा छन् । फिल्म डिसेम्बर २४ मा टुडी र थ्रीडीमा रिलिज हुँदैछ ।

समाचारअनुसार फिल्मका लागि रणवीरले २० करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् । किनकी उनी बक्सअफिसका भरोसायोग्य अभिनेता हुन् । ‘२० करोड पारिश्रमिकका अलावा रणवीरले निर्माताबाट फिल्मको नाफाको पनि शेयर मागेका छन् । यद्यपि शेयर कति प्रतिशत हो भन्ने केही खुलाइएको छैन’, स्रोतले भनेको छ ।

यो फिल्म १ सय २५ करोडमा निर्माण भएको हो । फिल्ममा रणवीर सिंहका अलावा दीपिका पादुकोण, ताहिर राज भसीन, जीवा, साकिब सलीम, जतिन सरना, चिराग पाटिल, दिनकर शर्मा, निशांत दहिया, हार्डी संधू, साहिल खट्टर, अम्मी विर्क, आदिनाथ कोठारे, धैर्य करवा, आर बद्री र पंकज त्रिपाठीको अभिनय छ ।

फिल्मको निर्माण दीपिका पादुकोण, कबीर खान, विष्णु वर्धन इंदुरी, साजिद नाडियाडवाला, फेन्टम फिल्म्स, रिलायन्स एन्टरटेनमेन्ट मिलेर गरेका हुन् ।