समाचार

सन्धिखर्कमा एकैदिन दुई हजार बालबालिकाले लगाए खोप

By खबरहब

December 22, 2021

अर्घाखाँची- सन्धिखर्क नगरपालिकाका दुई हजारभन्दा बढी बालबालिकाले एकैदिन कोभिडविरुद्धको खोप लगाएका छन् ।

सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीका अनुसार मंगलबार एकैदिन छात्रा एक हजार ७२ र छात्र एक हजार ६० गरी दुई हजार एक सय ३२ जनाले कोरोविरुद्धको खोप लगाएका हुन् ।

नगरपालिकाले स्कुल स्कुलमा पुगेर कोभिडविरुद्धको खोप सञ्चालन गरिरहेको छ । खोप अभियानमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको पराजुलीले जानकारी दिए ।