अवार्ड

एकैपटक दुई प्रतियोगिता

By खबरहब

December 22, 2021

काठमाडौं– एक दशकदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको इभेन्ट म्यानेजमेन्ट कम्पनी युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२२’ सिजन ३ र ‘फेस अफ दि स्मार्ट किड्स २०२२’ सिजन २ गरी एकै स्टेजमा दुईवटा प्रतियोगिता गर्ने भएको छ ।

आगामी पुष १० गते शनिबार युथ क्रियसन नेपालको कार्यालय पुतलीसडकमा उक्त प्रतियोगिताको अडिसन हुँदैछ । क्रिएसनका अध्यक्ष रवी लामा तामाङका अनुसार मोडलिङ क्षेत्रमा भविष्य बनाउन चाहने युवायुवतीलाई लक्षित गर्दै कार्यक्रम गर्न लागिएको हो । दुवै प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन् ।

प्रतियोगिताका विजेता, फष्ट रनर अपर, सेकेन्ड रनर अपले आकर्षक गिफ्ट ह्याम्परका साथै विभिन्न अवसर पुरस्कारको रुपमा जित्न सक्नेछन् ।

प्रतिस्प्रधीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरु चंगा चेट, रक्तदान कार्यक्रम, निःशुल्क पानी तथा खाना बितरण, अनाथ बालबालिकालाई सहयोग गर्ने लगायतका विभिन्न सामाजिक कार्यमा समेत सहभागी गराईनेछ ।