समाचार

काठमाडौँ १२-१७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि मोर्डना खोप

By खबरहब

December 22, 2021

काठमाडौँ-  सरकारले उपत्यकामा आज १२ देखि १७ वर्षको उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको मोर्डना खोपको पहिलो मात्रा लगाउने अभियान सुरु गरेको छ । सरकारले कोभिड खोप अभियान ४ पुसमा शुरू गरेको हो ।

यो अभियान १४ पुससम्म चल्नेछ भने खोपको दोस्रो मात्राको अभियान २ देखि १२ माघसम्म चल्नेछ । सरकारले यस खोपलाई पूर्ण रूपमा सुरक्षित भएको बताउँदै खोपलाई निर्धक्क भएर लगाउन बालबालिकालाई प्रेरित गर्न सबैलाई आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले सूचना प्रकाशन गरी १२ देखि १७ वर्षका बालबालिकाले आफू अध्यन गर्ने वा आफू नजिकको विद्यालयमा रहेको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेको छ ।