बलिउड/हलिउड

विवाहको तयारीमा सिद्धार्थ र कियारा

By खबरहब

December 22, 2021

मुम्बई(बलिउड लाइफ)– बलिउडका कैयौं जोडीले हालसम्म आफ्नो सम्बन्धको बारेमा आधिकारिक घोषणा गरिसकेका छन् । रणवीर–आलिया, विक्की–कटरीना र वरुण–नताशापछि फ्यानहरु अर्को जोडीको पनि यस्तै सम्बन्ध देख्न चाहन्छन् भने त्यो जोडी हो कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा ।

यो जोडीको प्रेमचर्चाको खबर फिल्म ‘शेरशाह’बाट नै सुरु भएको थियो । त्यो समयदेखि अहिलेसम्म यो जोडी कैयौं पटक सँगै देखिइसकेका छन् । गत राती पनि कियारा सिद्धार्थको घर पुगेकी थिइन् । जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल नै भयो ।

यो जोडीको निकट स्रोतका अनुसार कियारा र सिद्धार्थ अहिले प्रेमको सुरुवाती चरणमा रहेकाले उनीहरुले अहिले नै विवाह गर्ने योजना त बनाएका छैनन् । तर सन् २०२२ नकटाउने उनीहरुबीच आन्तरिक सहमति भएको स्रोतको दाबी छ ।

सिद्धार्थको नाम प्रायः आफूले अभिनय गरेका अभिनेत्रीहरुसँग जोडिइरहन्छ । तर कियारासँगको उनको सम्बन्ध फिल्म रिलिज भएपछि पनि निरन्तर छ ।