मनोरञ्जन

‘जम्काभेट सांगीतिक साँझ’मा एलिना र माधव

By खबरहब

December 22, 2021

काठमाडौं– क्रिसमस डेको अवसर पारेर अनामनगरस्थित जम्काभेट रेष्टुरेन्टले बिहिबार र शुक्रबार आयोजना गर्न लागेको ‘जम्काभेट सांगीतिक साँझ’ मा गायिका एलिना चौहान गुञ्जिने भएकी छन् ।

कार्यक्रममा एलिनाले ‘तिमीसँग नजर जुधाई’, ‘रुवाउने हजार’, ‘भाग्यमा खोट’, ‘चोली चुरोट’लगायत करिब दर्जन बढी गीत सुनाउनेछिन् । कार्यक्रममा कलाकार महादेव त्रिपाठीको जादु, कमेडी, प्यारोडी लगायतको विषेश प्रस्तुती हुनेछ ।

रेष्टुरेन्टका सञ्चालक तथा व्यवस्थापक सन्तोष तिमल्सिनाले कार्यक्रममा कर्णराज गिरी, भोजराज काफ्ले, रुविना श्रेष्ठ, किरण भुजेल, ध्रुर्व बिस्को, अलिशा श्रेष्ठ, भरत समिर, राजेश बर्देवा, भगवती खड्का, बलराम परियार, सुनिल थापा मगर, मनिषा थापा, विजय पुन, बेगम नेपाल, कृष्ण रेउलेसँगै ‘मेरी बाँस्सै’ का कलाकार र ‘दि रोयल्स नेपाल’ बेण्डको समेत प्रस्तुति हुने बताए ।