राजनीति

राप्रपा नवनिर्वाचित अध्यक्ष लिङ्देनसँग अमेरिकी कूटनीतिज्ञको भेट

By खबरहब

December 22, 2021

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्दनेसँग काठमाडौँस्थित अमेरिकी राजदूतावासका राजनीतिक उप काउन्सिलर मार्क टेम्लरले भेटवार्ता गरेका छन् ।

भेटमा टेम्पलरले हालै सम्पन्न पार्टीको महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएकोमा अमेरिकी दूतावासको तर्फबाट लिङ्देनलाई बधाई एवं शुभकामना दिएका छन् ।

सो क्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्र, उदारवाद, विधिको शासन, मानवअधिकार, प्रेस स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति राप्रपा प्रतिबद्ध रहेको उल्लेख गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् । भेटमा अमेरिकासँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने लगायतका विविध विषयमा छलफल भएको छ ।