चोरीको मोटरसाइलसहित २ जना पक्राउ

By खबरहब

December 22, 2021

काठमाडौँ– काठमाडौँको लामबगरबाट चोरीको मोटरसाइकल सहितदुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको टोलीले लामबगरबाट घरको पार्किङमा लुकाई राखेको अवस्थामा प्रदेश ३–०२–०११ प ८०७३ नम्बरको कालो रातो रंङको २२० सीसीको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका ३ घर भई गैरीगाउँ लामाबगर बस्ने वर्ष १९ को पारस तामाङ्ग र धादिङ नेत्रावती डब्जोङ गाउँपालिका १ घर भई लामबगर बस्दै आएको वर्ष २२ को बुद्धि बहादुर तामाङ्ग रहेको महाशाखाले जनाएको छ ।

उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट गत मंसिरमा हराएको भनी काठमाडौँ तारकेश्वर नगरपालिका ८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।

मोटरसाइकल सहित पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा चोरी मुद्दामा कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बालाजुमा पठाइएको छ ।