खेलकुद

साफ यू–१९ को उपाधि बंगलादेशलाई

By खबरहब

December 22, 2021

काठमाडौँ– आयोजक बंगलादेशले लगातार दोस्रो पटक यू–१९ साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ ।

ढाकामा भएको फाइनल खेलमा बंगलादेशले भारतलाई १–० ले पराजित गर्दे घरेलु भूमिमा उपाधि जितेको हो ।

यसअघि भुटानमा भएको यू–१८ साफमा नेपाललाई पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो । त्यसपछिको संस्करण कोरोना भाइरसका कारण हुन नसकेपछि साफले यू–१९ साफ प्रतियोगिता गरेको हो ।

बंगलोदशको जितमा मोगिनीले ८० औं मिनेटमा निर्णायक गोल गरिन् । खेलमा दुबै टोलीले केहि अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । सिंगल राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा ५ टोलीको सहभागीता रहेको थियो ।

बंगलादेश विजेता हुँदा भारत उपविजेतामा सिमित रह्यो । यता, नेपाल तेस्रो स्थानमा रहँदा भुटान चौथो रह्यो भने श्रीलंका पुछारमा रह्यो ।