राजनीति

सत्यभन्दा माथि शासक हुन सक्दैन : वरिष्ठ नेता पौडेल

By खबरहब

February 23, 2021

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्यभन्दा माथि शासक हुन नसक्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य भएको बताउँदै सत्यको जित भएको जनाएका छन् ।

‘मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन ।संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ,’ वरिष्ठ नेता पौडेलले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्चको फैसलाले सत्यको जित भएको छ र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ। सर्वोच्चलाई धन्यवाद !’