फाइल फोटो

खेलकुद

‘सी’ डिभिजन लिगमा स्वयम्भुको दोस्रो जित

By खबरहब

March 23, 2021

काठमाडौँ– स्वयम्भु क्लबले शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा दोस्रो जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार प्लानिङ ब्वाइज युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै स्वयम्भुले दोस्रो जित निकालेको हो ।

स्वयम्भुको जितमा बिक्की राई र सुग्रित मगरले एक-एक गोल गरे । प्लानिङका क्रिजल खड्काले एक गोल फर्काए । जितसँगै स्वयम्भुले ३ खेलमा ६ अंक जोडेको छ । प्लानिङको यो दोस्रो हार हो । प्लानिङले ३ खेलमा १ अंक जोडेको छ ।

लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।