रोचक/विचित्र संसार

गर्मीमा गधाले चलायो पखां ! (भिडियो)

By खबरहब

May 23, 2021

अहिले गर्मीको मौसम चलिरहेको छ । गर्मीबाट बच्न एयर कण्डीशनर, एसी वा पंखा चलाइन्छ । तर मरभूमीमा यो सुविधा नहुदाँ अत्यधिक गर्मी हुन्छ । तर इन्टरनेटमा भाइरल एक भिडियोमा भने यसकालागि एउटा गज्जबको जुक्ति निकालिएको छ ।

भिडियोमा देखिए अनुसार गर्मीबाट बच्न मरभूमी अवस्थित जस्तो देखिने यस गाउँका मानिसले गधाको प्रयोग गरेका छन् । जहाँ मानिस बालुवामाथि खाट लगाएर त्यसमाथि बसेका छन् भने गधाले पखां चलाइरहेको छ ।

भिडियोमा देखिए अनुसार एक दह्रो डण्डामा कपडाका दुई ठुला टालोलाई केही दुरीमा बाधिएको छ । र त्यस डण्डामा गधालाई बाधिएको छ । जो गधा जति घुम्यो त्यति नै त्यो कपडा घुम्ने गर्दछ । जसबाट खाटमा बसेका मानिसलाई शीतलता प्रदान गरेको छ ।

#Summer Solutions –
देसी उपाय गर्मी से बचने का..😊😊

पड़ोस से….@hvgoenka @vinodkapri pic.twitter.com/KHQVxj0Unn

— Rupin Sharma IPS (@rupin1992) April 19, 2021