रोचक/विचित्र संसार

स्यानिटाइजर लगाएको भिडियो भाइरल

By खबरहब

July 23, 2021

कोरोना संक्रमणबाट बच्न सामाजिक दुरी, मास्क लगाउने र साबुन पानीले हात धुने साथै स्यानिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य मापदण्डको पालना गर्नु पर्दछ ।

अधिकाशंले स्यानिटाइजरको प्रयोग गर्दा हातका हत्केलामा यसलाई दल्दछन् । केहिले हत्केलासंगै नाडीसम्म यसलाई लगाउँछन् । यसैबीच एक व्यक्तिले स्यानिटाइजर लगाएको एक अचम्मको भिडियो भाइरल बनेको छ । ट्विटरमा भाइरल बनेको यो भिडियोमा एक व्यक्तिले स्यानिटाइजरलाई बडी लोशन झै पुरै शरीरमा लगाएका छन् ।

भिडियोमा ति व्यक्तिले हातबाट कोरोनाको भाइरस शरीरमा नफैलियोस भनेर हत्केलामा लगाउनु पर्ने स्यानिटाइजर हातको पाखुरा र खुट्टामासम्म दलेका छन् । यतिमात्र होइन, उनले अनुहार र कपालमा समेत स्यानिटाइजर दल्छन् । उनको यो हर्कत देखेपछि उनलाई पुनः स्यानिटाइजर दिइयो । दोस्रो पटक दिइएको स्यानिटाइजर समेत उनले पुनः कपाल, अनुहार हुदैँ तिघ्राको कापसम्म लगाउँछन् । यहि भिडियो ट्विटरमा भाइरल बनेको छ ।

ताकि कोरोना छू भी ना सके…😅#Sanitizer और #BodyLotion में अंतर है भाई…😂#JustForLaugh pic.twitter.com/13GKrHAdap

— Dipanshu Kabra (@ipskabra) May 28, 2021