रोचक/विचित्र संसार

आँखाले नै बिरालोलाई भाइरल बनायो

By खबरहब

July 23, 2021

कुनै कुनै भिडियो वा तस्वीर सामाजिक सञ्जालमा भाइरल हुन कति पनि समय लाग्दैन ।

कतिपय यस्ता सामाग्रीमा कुनै पनि महत्व वा विशेष अर्थ नभए पनि भाइरल बनिदिन्छ । यस्तैमा क्यानडाको एक बिरालोको फोटो निकै भाइरल बनेको छ ।

यसरी बिरालोको फोटो भाइरल हुनुमा सो बिरालोको आँखा हो । आफ्नो अनौठो आँखाका कारण सो बिरालो चर्चामा पुग्दै भाइरल बन्न पुग्यो । पहिले हरियो रंग आँखा भएको बिरालो एक इन्फेक्शनको शिकार बनेपछि त्यसले आँखाको ज्योति गुमाउन पुग्यो । र अहिले सो बिरालोले आँखा देख्दैन ।

आफ्नो हरीयो ठुलो आँखाका कारण चर्चामा आएको बिरालोको नाम पिको हो । पिकोको हरीयो आँखामा इन्फेक्शन भएपछि ज्योति गुमेको थियो । जसका कारण यसलाई कसैले पालेका थिएनन् । यसैबीच क्यानका एक जोडीले आफ्नी १७ बर्षिया छोरी मोनिकाको लागि सो बिरालोलाई पाल्न थाले ।

आँखाका कारण बिरालो पिको सामाजिक सञ्जालमा चर्चामा रहने गरेको छ । टिकटकमा उसका कैयौं फलोवर्स छन् ।