रोचक/विचित्र संसार

कति सानो गाई

By खबरहब

July 23, 2021

रातारात चर्चा बटुलेपछि बंगलादेशको पुड्को गाई हेर्न पुग्नेहरुको घुइचो हुन थालेको छ । ‘रानी’ नाम दिइएको सो पुड्को गाई अहिले सामाजिक सञ्जालमा भाइरल हुँदै ‘सेलिब्रिटी’ नै बनेको छ ।

बंगलादेशमा जारी लकडाउनकाबीच सो गाइ हेर्न जानेको संख्या उल्लेख्य छ । केवल २३ महिना उमेरको सो भुटानी गाईको उचाई ५१ सेन्टिमिटर मात्र छ भने २८ किलोग्राम वजन रहेको छ । यो गाईलाई हिँड्नमा समस्या छ र अन्य गाईसँग पनि डराउने हुनाले शिकोर एग्रो फार्ममा यसलाई अलग राखिएको छ ।

बंगलादेशको राजधानी शहर ढाका नजिकै रहेको चरीग्रामस्थित फार्ममा रहेको रानी विश्वको सबैभन्दा सानो गाई भएको दाबी गर्दै गिनिज वल्र्ड रेकर्डमा नाम दर्ज गर्ने प्रकृयामा छ । अहिले विश्वको सबैभन्दा सानो गाईको कीर्तिमान भारतको मनिक्यम गाईको नाममा छ । जसको उचाइ ६१.१ सेन्टिमिटर छ ।

अत्यन्त कम खाने रानी दिनमा दुइपटक थोरै पिठो र भुस्सा मात्र खान्छ । उसलाई बाहिर हिँड्न मन पर्ने कसैले हातमा लिदाँ उ खुसी हुने फार्मका कर्मचारीहरुको अनुभव छ । एजेन्सीहरुको सहयोगमा