अन्तर्राष्ट्रिय

भारतमा ४ लाख ४६ हजार कोरोना संक्रमितको मृत्यु

By खबरहब

September 23, 2021

काठमाडौँ– भारतमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ४ लाख ४६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा २७९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४६ हजार ८० पुगेको छ ।

यस्तो भारतमा एकैदिन ३१ हजार ९५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३५ लाख ६२ हजार ३४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७ हजार ७७९ जना सक्रिय संक्रमित छन् ।