खेलकुद

हाकिमीको उत्कृष्ट प्रदर्शनमा पीएजीको जित

By खबरहब

September 23, 2021

काठमाडौँ- अच्राफ हाकिमीको उत्कृष्ट प्रदर्शनमा पीएसजीले फ्रेन्च लिग वानमा अप्रत्यासित जित हात पारेको छ ।

इन्ज्युरी समयमा नाटकीय गोलसंगै पीएसजीले बुधबार राति मेट्जलाई २–१ गोलले हराएको छ ।

पीएसजीको जितमा हाकिमीले नै दुई गोल गरे । हाकिमीले पाँचौ मिनेट र इन्ज्युरी समयमा गोल गर्दै पीएसजीको जित सुनिश्चित गरे ।

मेट्जका सेन्टर ब्याक बाउबकर कौयतले पहिलो हाफ सकिन ६ मिनेट अघि खेल बराबरीमा ल्याएका थिए ।

पीएसजी ७ खेलमा सतप्रतिशत जितसहित २१ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा यथावत छ । मेट्ज ३ अंकसहित तालिकाको पुछारमा छ ।