खेलकुद

सिरी ‘ए’ फुटबल : एसी मिलान विजयी

By खबरहब

September 23, 2021

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान विजयी भएको छ ।

बुधबार राति भएको खेलमा मिलानले भिनिजियालाई २-० गोलले हराएको हो ।

मिलानलाई जित दिलाउन ब्राहिम डियाज र थियो हर्नान्डेजले एक एक गोल गरे ।

जितसँगै मिलान १३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

भिनिजिया ३ अंकसहित १८औँ स्थानमा छ ।