फाइल फोटो

राजनीति

कांग्रेसको पदाधिकारी बैठक आज पनि, मन्त्रि टुंगो लगाउनेबारे छलफल हुने

By खबरहब

September 23, 2021

काठमाडौँ–सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार, पार्टीको आगामी १४औँ महाधिवेशन, क्रियाशील सदस्यतालगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन् ।

बुधबार बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनका अन्य दलले मन्त्रि नटुंग्याएकोले आफ्नो पार्टीमा फेरि छलफल गर्ने बताएका थिए ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले हालसम्म मन्त्री नियुक्त गर्दा पार्टीमा छलफल नगरेको भन्दै असन्तुष्टि जनाएको थियो ।