आर्थिक

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

September 23, 2021

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार  भएकोमा आज ५०० रूपैयाँ घटेर ८९ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ । आज चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।