टिप्स

बालबालिकामा हुने संक्रमण कसरी नियन्त्रण गर्ने ?

By खबरहब

September 23, 2021

अहिले असोजको पहिलो साता चलिरहेको छ । अझै केही दिनसम्म अझै गर्मी रहने छ । यो मौसममा विभिन्न प्रकारका रोगहरू लाग्ने सम्भावना हुन्छ ।

गर्मी मौसममा प्रायः सबै उमेर समुहका मानिसमा संक्रमणको जोखिम हुन्छ । तथापी स–साना बालबालिकामा यो मौसममा संक्रमण जोखिम उच्च हुन्छ । त्यसैले यो मौसममा उनीहरूको स्वास्थ्यको उचित रुपमा ख्याल राख्नु पर्दछ ।

बच्चालाई स्वस्थ राख्न के गर्ने ? – उमालेको पानी मात्र ख्वाउने । – ताजा फलफूल तथा घरमै बनाएको जुस, नरीवल पानी पिउन दिने । – सफा पानीले पखालेर मात्र फलफूल ख्वाउने । – पानीको कमी हुन नदिन लगातार थोथोरै मात्रामा पानी खुवाउने । – बाहिर, सडकमा बेच्न राखेका खानेकुरा खान नदिने । – सकेसम्म चर्को घाममा बच्चालाई बाहिर ननिकाल्ने । – लामखुट्टेको टोकाइबाट बचाउने । – बच्चाकालागि सही कपडाको प्रयोग गर्ने । – बच्चाको कोठामा अनिवार्य भेण्टिलेसनको व्यवस्था गर्ने । – चिकित्सको सल्लाह बमोजिम मात्रै कुनै पनि क्रिम पाउडरको प्रयोग गर्ने । – बच्चालाई नुहाएपछि एसी भएको कोठामा नलैजाने । विभिन्न एजेन्सीको सहयोगमा