बलिउड/हलिउड

‘मिस्टर लेले’मा रणवीरको आइटम नृत्य

By खबरहब

September 23, 2021

मुम्बई(बलिउड हंगामा)– बलिउड अभिनेता रणवीर कपूर चाँडै नै करण जोहार प्रोडक्सनको फिल्म ‘मिस्टर लेले’मा एक विशेष आइटम नृत्यका साथ देखिँदैछन् । शशांक खेतानको निर्देशनमा बन्ने यो फिल्ममा विकी कौशल, भूमि पेडनेकर र कियारा आडवाणीको प्रमुख भूमिकामा अभिनय रहनेछ ।

फिल्मका निर्माता करण जोहार र निर्देशक शशांक खेतान रणवीरलाई फिल्ममा कुनै न कुनै हिसाबले जोड्न चाहन्थे । त्यही चाहना अनुरुप उनलाई विशेष आइटम नृत्यमा प्रस्तुत गरिन लागिएको हो । उनको आइटम गीतलाई सचिन जिगरले कम्पोज गर्नेछन् ।

गीतका लागि रणवीर निकै रिहल्सल गरिरहेका छन् । फिल्मको सुटिङ बुधबारबाट सुरु भइसकेको छ । गीतमा गणेश आचार्यको कोरियोग्राफी र मनीष मल्होत्राको डिजाइन छ ।