बलिउड/हलिउड

निकोलको जन्मदिनमा कपालमा आगो लागेपछि…

By खबरहब

September 23, 2021

लसएञ्जल्स(नवभारत टाइम्स)–अमेरिकी टेलिभिजन अभिनेत्री निकोल रिचीले बिहीबार आफ्नो ४० औं जन्मदिन मनाएकी छन् । उनले जन्मदिनको केक काटिरहँदा एउटा घटना भएको छ ।

निकोलले केक काट्नका लागि मैन बत्ती निभाउने काम गरिरहँदा एक मैन बत्तीले उनको कपालमा आगो लगाएको थियो । कपालमा आगो देखेपछि उनी डराएर चिच्याएकी थिइन् ।

यो घटनामा निकोललाई केही भएन । उनी ठिक छिन् । यो घटनापछि अभिनेत्री आफैंले घटनाको भिडियो सामाजिक सञ्जालमा शेयर गरिन् । उनले क्याप्सनमा ‘हालसम्म ४० औं वर्षको आगो बलिरहेको छ’ भनी लेखेकी छन् ।

निकोल रियालिटी सिरिज ‘द सिम्पल लाइफ’बाट प्रख्यात बनेकी थिइन् । उनको यो रियालिटी शो २००३ देखि २००७सम्म चलेको थियो । उनले दुई किताब पनि लेखेकी छन् । उनले जोएल मेडनसँग सन् २०१० मा विवाह गरेकी थिइन् ।

View this post on Instagram

A post shared by NICOLE RICHIE (@nicolerichie)