फाइल फोटो

आर्थिक

सामान्य अंकले बढ्यो शेयर बजार

By खबरहब

September 23, 2021

काठमाडौँ– शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार सामान्य अंकले बढेको छ । २.७० अंकले बढेर बिहीबार नेप्से परिसूचक २८१९.६५ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ सूचांक १.९३ अंकले बढेर ५३०.०२ को बिन्दुमा पुगेको छ ।

बिहीबार १३ वटा उपसमूहमध्ये ११ उपसूमहको सूचांक भने गिरावट आएको छ । बैंकिङ र फाइनान्स समूहमा मात्र वृद्धि भएको छ । बिहीबार सबैभन्दा धेरै विकास बैंक समूहको ले गुमाएको छ ।

बिहीबार २२८ कम्पनीका १,५७,१४,२६६ कित्ता शेयर किनबेच हुँदा ७,७२,६३,७१,०२९ रुपैयाँ कारोबार भएको छ । लगातार घटिरहेको शेयर बजार मंगलबार, बुधबार र बिहीबार बढेको हो ।