राजनीति

पार्टी कब्जा गर्न संस्थापन पक्षबाट भएको गुण्डागर्दीको सामना गर्छौँ : नेता कोइराला (भिडियोसहित)

By खबरहब

September 23, 2021

काठमाडौँ– नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टी कब्जा गर्न संस्थापन पक्षबाट भएका गुण्डागर्दी शैलीको सामना गर्ने बताएका छन् ।

प्रदेश–२ का मन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाही बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोमाथि कुटपिट गरेको विरोधमा कांग्रेस केन्द्रीय कार्यलयमा आयोजित धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउँदै नेता कोइरालाले सो कुरा बताएका हुन् ।

महाधिवेशनको समयमा संस्थापन पक्ष पार्टी कब्जा गर्ने अभियानमा जुटेको तथा गुन्डागर्दी शैलीमा उत्रिएको उनले आरोप लगाए । मन्त्री सिंहले वडाध्यक्ष साहमाथि हातपात गरेको विषयमा डा.कोइरालाले भने, ‘संस्थापन पक्षले गरेका हर्कतलाई सहन सकिदैन् । हामी यो गुन्डागर्दीको खुलेर विरोध र सामना गर्छौँ ।’

नेता कोइरालाले जुझारू कार्यकर्तालाई विचलित बनाउन गुन्डा र प्रशासन लगाएर आक्रमण गरिएको उलने दाबी गरे ।

हेरौँ भिडियो