df]/ª,& c;f]h-/f;;_M g]kfnL sf+u|];sf pk;efklt ljhos'df/ uR5bf/ laxLjf/ lj/f6gu/ ljdfg :yndf ;~rf/sdL{x?;Fu s'/fsfgL ub}{ . ;fydf ;‹Lo ;f+;b 8f= 8Lnf ;+u|f}nf / g]sf+ df]/ª ;efklt l8uaxfb'/ lnDj' . tl:a/Mdgf]h bfxfn–/f;;

राजनीति

षड्यन्त्र गरेर आफूलाई फसाइएको उपसभापति गच्छदारको दाबी

By खबरहब

September 23, 2021

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको दाबी गरेका छन् । उनले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताउँदै मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारबाही गर्न नमिल्ने र यदी कारवाही नै गर्नुपर्ने भएमा मन्त्रिपरिषदमाथि गर्नुपर्ने तर्क गरे ।

उनले ५० वर्षको राजनीतिक यात्रामा अख्तियारले आफूमाथि अन्याय गरेको धारणा राखे  “म अझै ११ वर्ष सक्रिय राजनीति गरिरहने छु”, उनले भने ।

उपसभापति गच्छदारले न्यायलयले न्याय दिने विश्वास व्यक्त गरे । उनले आफूलाई षड्यन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको बताए ।

जनताका अधिकार र संसदीय प्रजातन्त्रका लागि लडिरहने बताउँदै उनले आफूले भ्रष्टाचार गरेको वा अनियमितता गरेको दोषी ठहर भएमा जनताको अदालतमा उभिन तयार रहेको बताए ।