काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै २४१ जनामा कोरोना पुष्टि भएको छ । यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण ः
०–१० वर्ष – १९
११–२० वर्ष – ७१
२१–३० वर्ष – २४१
३१–४० वर्ष – २१०
४१–५० वर्ष – १६४
५१–६० वर्ष – १०९
६१–७० वर्ष – ७१
७१–८० वर्ष – ४०
८० वर्षभन्दा माथि – १२
अज्ञात–४