यसरी बनाउन सकिन्छ मिठो सिन्कामरी

By खबरहब

October 23, 2021

आवश्यक सामग्री :

चामलको पिठो मिलमा पिसेको, सिन्कामरी बनाउने साँचो, खाने रङ रातो, पहेँलो, तार्नको लागि तेल वा घिउ ।

बनाउने तरिका :

यो रोटी तयार गरेर राखी खाने बेलामा तुरुन्त तारेर खान सकिन्छ । सबैभन्दा पहिले चामलको पिठोलाई ढिँडो पकाएको जस्तो गरेर पकाउने । पकाउँदा पानीमा रङ घोलेर हाल्ने । पिठोलाई पकाउँदा राम्रोसँग चलाएर पकाउनु पर्दछ नत्र नपाक्ने वा रङ नलाग्ने हुनुको साथै राम्रोसँग फुक्दैन । यसरी पकाएको पिठोलाई सिन्कामरी बनाउने साँचोमा राखेर ठिक्क आकारको सिन्कामरी बनाउने र राम्रोसँग घाममा सुकाउने यसरी सुकाएर राखेको सिन्कामरी धेरै समयसम्म राख्न सकिन्छ । यसलाई आवश्यकता अनुसार चाहेको बेलामा घिउ, तेलमा फुराएर खान सकिन्छ ।

साभार : सजिलो कुकिङ पुस्तकबाट