सांकेतिक तस्बिर

समाचार

३४८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

October 23, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल २६८ कोरोना संक्रमितको आईसीयूमा र ८० को भेन्टिलेटरमा गरी कुल ३७० जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ३९ जना आईसीयूमा र २३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा २ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १४६ जना आईसीयूमा र ४८ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ३८ जना आईसीयूमा र २ उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ३६ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसीयूमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ६ जना आईसीयू र ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।