तास खेलिरहेका १७ जना पक्राउ

By खबरहब

October 23, 2021

काठमाडौँ– प्रहरीले देशका विभिन्न स्थानबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुलाई नगद रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धादिङको थाक्रे गाउँपालिका ७ जुगेखोलास्थित ऋषि सुबेदीको चिया पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय रामेश्वर कुँवर लगायत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी महादेवबेशीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै पर्वतको कुश्मा नगरपालिका ७ खरेहा बस्ने गोबिन्द अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ वर्षीय जित बहादुर सुनार लगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई ९ लाख ५८ हजार ७ सय ४१ रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।