राजनीति

कोइरालासहित एक दर्जन नेता भोलि धादिङ जाँदै

By खबरहब

October 23, 2021

काठमाडौँ– सभापतिका आकांक्षी कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालालगायत एक दर्जन नेताहरु आइतबार धादिङ जाने भएका छन् ।

मातृ शोकमा रहेका नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई समवेदना प्रकट गर्न उनीहरु त्यहाँ जान लागेका हुन् । कोइरालासँगै केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, गुरु घिमिरे जाने भएका छन् ।

त्यस्तै नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापतिहरु अमरसिंह पुन (रोल्पा), दिपकजंग शाह (जाजरकोट), मधु आचार्य (काभ्रे), नेपाली कांग्रेस सिन्धुलीका पूर्वसभापति मोहन बराल, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवाली र मकवानपुर कांग्रेसकी नेतृ उमा दाहाल धादिङ जाने कार्यक्रम रहेको छ ।

कांग्रेसको १४ औँ महाधिवेशन आगामी मंसिरमा हुँदैछ । महाधिवेशनमा आकांक्षी नेताहरुले नेता कार्यकर्तासँगको भेटघाटलाई तिब्रता दिएका छन् ।