स्पेसल मङ्गोलियन मटन कसरी बनाउने ?

By खबरहब

November 23, 2021

आवश्यक सामग्री :

५०० ग्राम मटन, १०० ग्राम प्याज मसिनो पिस गर्नु, १०० ग्राम टमाटर पिस, १ कप ताजा नरिवल जुस, १ टेबुल स्पुन पेस्ता दाना, १-१ टेबुल स्पुन जिरा धनियाँ, ४-५ वटा सुकेको खोर्सानी, ३-४ वटा सुकुमेल, ल्वाङ, दालचिनी, इलाइची सबैलाई भुटेर पिन्नु । २५-२५ ग्राम अदुवा लसुन पेस्ट २० ग्राम इमिलि भिजाउनु १-२ टी स्पुन बेसार नुन अजिनामोटर इच्छा अनुसार २ टेबुल स्पुन तेल धनियाँ ।

बनाउने तरिका :

मासु सफा गरी सानो पिस गर्नु तेल तताई प्याज रातो गरी मासुमा नुन बेसार राखेर सानो आगोमा छोपेर पकाउनु पाकेपछि भुटेर पिनेको मसला नरिवल जुस राखी ५-६ मिनेट पकाएपछि इमिलि राख्नु । इच्छा अनुसारको लेदो बनाउनु र अन्त्यमा धनियाँ राखी सर्भिस गर्नु ।

साभार :‘सजिलो कुकिङ’ पुस्तकबाट