समाचार

१० इजलासमा ५९३ मुद्दाको पेसी चढ्यो, आजबाट सबै किसिमका मुद्दा हेरिने

By खबरहब

November 23, 2021

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि आफूबाहेक १० वटा इजलास गठन गरेका छन् ।

हिजो (मंगलबार) पनि आफूलाई इजलास नतोकेका राणाले आज ती इजलासमा सबै किसिमको ५९२ मुद्दाको पेसी चढाएका हुन् ।

गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधानलाई राजपत्रमा प्रकाशित गरिएको भोलिपल्ट सबै किसिमको मुद्दाको सुनुवाइ हुन लागेको हो ।

यसअघि सर्वोच्च अदालतकै १९ जना न्यायाधीश इजलास बहिस्कार गरेर आन्दोलनमा उत्रिएका थिए भने नेपाल बार एसोसिएसन अहिले पनि राजीनामा मागेर आन्दोलनमै छ ।

यसअघि बन्दीप्रत्यक्षीकरणको मात्र सुनुवाइ भइरहेको थियो ।