सांकेतिक तस्बिर

समाचार

२७४ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

November 23, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७४ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २२३ कोरोना संक्रमितको आईसीयूमा र ५१ को भेन्टिलेटरमा गरी कुल २७४ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ३४ जना आईसीयूमा र १७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ४ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १०३ जना आईसीयूमा र २३ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ६२ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २० जना आईसीयूमा उपचाररत छन् ।