आर्थिक

नेपाली सेनाका शान्ति मिसनले सोझै विदेशी मुद्रा सटही गर्न पाउने

By खबरहब

November 23, 2021

काठमाडौँ– नेपाली सेनाका शान्ति मिसनले सोझै विदेशी मुद्रा सटही गर्न पाउने भएका छन् । अबदेखि वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंक तथा फाइनान्स कम्पनीबाट सोझै विदेशी मुद्राको सटही गर्न पाइने भएको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन– २०७६ संशोधन गर्दै ुनेपाली सेनाको हकमा विभिन्न शान्ति मिसनहरुलाई वार्षिकरूपमा विनियोजित रकम स्थानान्तरणु गर्न सटही सुविधा पाउने व्यवस्था गरेको छ।

यस्तो सटही सुविधा शान्ति मिसनहरुलाई वार्षिक रुपमा विनियोजित रकम बैंकिङ उपकरणरप्रणालीमार्फत स्थानान्तरण गर्नु पर्दा त्यो पुष्टि हुने कागजातका आधारमा सटही सुविधा प्रदान गरिने छ।

नेपाल सेनाबाट अनुरोध भइआएमा बैंक खाता सञ्चालन नहुने/नभएको शान्ति मिसनमा तैनाथ रहेका मुलुकहरुका लागि यस्तो सटही सुविधा नगदमा समेत उपलब्ध गराउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।