dGqL cfn] / o'/f]k]nL kbflwsf/L sf7df8f}F, & dªl;/ . ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL k|]daxfb'/ cfn] / o'/f]k]nL ;+3sf kbflwsf/L dªunaf/ dGqfnodf lalaw ljifodf 5nkmnkl5 . t:jL/ M ;f}hGo M gful/s p88fog dGqfno, /f;;

पर्यटन

नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउन ईयू सकरात्मक

By खबरहब

November 23, 2021

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमलाई कालोसूचीबाट हटाउन आग्रह गरेका छन् ।

युरोपियन युनियनका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालोसूचीमा राखेकाले हटाइदिन आग्रह गरेका हुन्।

मन्त्री आलेको आग्रहपछि निर्देशक पम्पोलिनीले नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताए । उनले भने, “वायुसेवा निगमलाई कालोसूचीबाट हटाउन सकारात्मक कुरो सुरु भएको छ, कालोसूचीबाट हट्ने छ ।”

उक्त छलफका क्रममा दुई पक्षीय सहयोगका विभिन्न विषयमा छलफल भएको थियो । नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि उनी काठमाडौँमा छन्।