खेलकुद

चेल्सी, लिभरपुल र टोटनहम कारबाओ कपको सेमिफाइनलमा

By खबरहब

December 23, 2021

काठमाडौँ – चेल्सी, लिभरपुल र टोटेनहम इंग्लिस कारबाओ कप फुटबलको सेमिफाइनलमा पुगेका छन् ।

गएराती भएका खेलमा चेल्सीले बर्नफोर्डलाई २–०, लिभरपुलले लेस्टर सिटीलाई पेनाल्टीमा ५–४ र टोटेनहमले वेष्टह्यामलाई २–१ गोल अन्तरले हराएका हुन् । जितसँगै तीनै टिम सेमिफाइनल पुगेका हुन् ।

त्यसअघि आर्सनल सण्डरल्यान्डलाई ५–१ गोल अन्तरले हराउँदै सेमिफाइनल पुगिसकेको छ । अब फाइनलका लागि लिभरपुल र आर्सनल तथा चेल्सी र टोटेनहम भिड्नेछन् ।