खेलकुद

सेन्ट्रल जोन : नेपाली महिला टोली श्रीलंका र पुरुष टोली बंगलादेशसँग भिड्दै

By खबरहब

December 23, 2021

काठमाडौँ – एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप आजबाट बंगलादेशमा सुरु हुँदैछ ।

नेपालको महिला टोलीले पहिलो खेलमा आज बिहान सवा ११ बजे श्रीलंकाको सामना गर्दैछ। महिलातर्फ बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष टोलीले बेलुकी पौने ५ बजे आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।

यस पटक प्रतियोगितामा दुबैतर्फ ६-६ टोलीले सहभागीता जनाएका छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।