राजनीति

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक शनिबार

By खबरहब

December 23, 2021

काठमाडौँ- नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक यही पुस १० गते (शनिबार) बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। उनका अनुसार समय भने तय भइसकेको छैन।

केन्द्रिय समिति बैठकअघि भोलि (पुस ९ गते) काँग्रेसको केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गर्नेछ ।

आज सम्पूर्ण नतिजा सार्वजनिक गरिसक्ने र भोलि प्रमाण पत्र वितरण गरिने कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। भोलि नै सभापति शेरबहादुर देउवाले पदभार ग्रहण गर्ने कार्यक्रम पनि छ ।

कांग्रेसको १४औं महाधिवेशनबाट १३ जना पदाधिकारी १२१ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन्।