बलिउड/हलिउड

‘मधुबन’मा सनी नाच्दा विरोध

By खबरहब

December 23, 2021

मुम्बई(नवभारत टाइम्स)– अभिनेत्री सनी लियोनी सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनको फ्यान फलोइङ अधिक छ । यिनै अभिनेत्रीको अभिनय रहेको म्युजिक एलबम ‘मधुबन’को भिडियो हालै सार्वजनिक भएको छ । भिडियो सार्वजनकि हुनासाथ उनी विवादमा तानिएकी छन् ।

भिडियो हेरेपछि दर्शकले उनीमाथि हिन्दु भावनालाई आहत पुर्‍याएकाे आरोप लगाएका छन् । बुधबार सार्वजनिक भएको यो गीत सुनेपछि फ्यानले उनको अधिक ट्रोल बनाएका छन् । दर्शकले गीतलाई अश्लिल रहेको बताउदै यसलाई बहिस्कार गर्न आव्हान गरेका छन् । उनीहरुले गीतमा ‘राधा’ र ‘राधिका’को नाममा सनीले नृत्य गरेकोले त्यो आपत्तिजनक रहेको दाबी गरेका छन् ।

‘मधुबनमा राधिका केवल कृष्णका लागि मात्र नाच्थिइन् । न कि बारमा बार डान्सरको रुपमा’, एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् ।

कामको कुरा गर्दा सनी तमिल फिल्म ‘ओह माइ गड’मा देखिँदैछिन् । यो हरर कमेडी फिल्म हो ।