राजनीति

खसआर्य तथा जनजाति कोटाबाट निर्वाचित हुने यी हुन् कांग्रेस केन्द्रीय सदस्य (सूचीसहित)

By खबरहब

December 23, 2021

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको चयनका लागि भएको चुनावको मत गणना सकिएको छ । गत पुस २८ गते भएको मतदानको विहीबार मत गणना सकिँदा सबैभन्दा अन्तिममा जनजाति महिलातर्फको परिणाम आयो ।

विहीबार खसआर्य खुला र महिला तथा आदिवासी जनजाति खुलाको मतपरिणाम आएको छ । निर्वाचन समितिका अनुसार खसआर्य खुलामा केशवकुमार बुढाथोकी, गोविन्दकुमार शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी निर्वाचित भएका छन् ।

यस्तै खसआर्य महिलातर्फ मञ्जु खाण, प्रतिमा गौतम, चम्पादेवी खड्का, नानु बास्तोला, कान्तिका सेजुवाल र विद्यादेवी तिमिल्सिना विजयी भएका छन् ।

यस्तै आदिवासी जनजाती खुलातर्फ उमेश श्रेष्ठ (चितवन), बहादुरसिंह लामा (नुवाकोट), दिलमान पाख्रिन (धादिङ), टेकबहादुर गुरुङ (मनाङ), आङगेलु शेर्पा (सोलुखुम्बु), तारामान गुरुङ (संखुवासभा) र टेकप्रसाद गुरुङ (चितवन) केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

यस्तै आदिवासी जनजाति महिलातर्फ सिता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती वजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना, सुशीला थिङ र उषा गुरुङ निर्वाचित भएका छन् ।