क्रिकेट

धनगढीमा तय क्यानको साधारणसभा स्थगित

By खबरहब

December 23, 2021

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) को यहि पुस १४ र १५ गते धनगढीमा गर्ने तय गरिएको वार्षिक साधारणसभा स्थगित भएको छ ।

क्यानले बिहीबार राति साधारणसभा स्थगित गरिएको सूचना जारी गरेको छ । साधारणसभा केही जिल्लाको ४ वर्षे कार्यकाल पूरा भएको र जिल्लाहरुबाट अधिवेशन पश्चात मात्रै केन्द्रीय साधारणसभा हुने बताएको छ । यस्तै क्यानले नयाँ मिति तय गरी साधारणसभा गर्ने जनाएको छ ।

‘वार्षिक साधारणसभा नेपाल क्रिकेट संघ मातहतका ३९ जिल्लाहरु मध्ये चार वर्षे कार्यकाल पूरा भएका केही जिल्लाहरूबाट जिल्ला अधिवेशन पश्चात मात्र केन्द्रीय साधारण सभा गर्नका लागि अनुरोध प्राप्त भएको हुँदा नेपाल क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषद् र आईसीसीसँग समेत समन्वय गरी नेपाल क्रिकेट संघको आगामी बोर्ड बैठकबाट नयाँ मिति तय गर्ने गरी हाललाई उक्त साधारण सभा स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’ क्यानले भनेको छ ।