रोचक/विचित्र संसार

महिनावारीको समयमा रगतको आँसु बगेपछि…

By खबरहब

April 24, 2021

महिनावारीको समयमा हरेक महिलामा केही सामान्य असरहरु देखिने गर्दछ ।

कतिपयमा भने पेट दुख्ने, धेरै रगत बग्ने, वान्ता हुने, हातखुट्टा दुख्ने तथा रुची नहुने समस्या देखा पर्दछ । तर विश्वकी यस्ती एक महिला छिन्, जसलाई महिनावारीका क्रममा आँखाबाट रगतको आँसु बग्ने गर्दछ ।

भारतको चण्डीगढकी २५ वर्षीया युवतीलाई महिनावारीका क्रममा आँखाबाट रगतको आँसु बग्दछ ।

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित समाचार अनुसार ५ बर्ष पहिले आँखाबाट आँसु आउन थालेपछि उनले चिकित्सकसंग परामर्श लिएकी थिइन् । तर उनको यो समस्याको कारण पत्ता लगाउन चिकित्सक समेत असर्मथ रहे ।

चिकित्सकको अनुसन्धान अनुसार उनमा केवल महिनावारीको समयमा मात्र रगतको आँसु आउने गरेको पत्ता लाग्यो । त्यसपछि ३ महीनाको हर्मोनल ट्रीटमेन्टले उनी निको भइन् ।