फाइल फोटो

राजनीति

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, तीन प्रस्तावमाथि छलफल हुने

By खबरहब

September 24, 2021

काठमाडौँ– नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ ।

तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बिहान ११ बजे सुरु हुनेछ । केन्द्रीय कमिटी बैठक शनिबारसम्म चल्नेछ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङकाअनुसार बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्तावलगायतका बिषयमा छलफल हुनेछ ।

एमालेले यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्दैछ ।