राजनीति

राष्ट्रियसभाको दोस्रो बैठक सुरु (live)

By खबरहब

September 24, 2021

काठमाडौँ-राष्ट्रियसभाको दोस्रो बैठक सुरु भएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध जारी  छ ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरिएको छ ।

छलफलमा कसैले पनि भाग लिन नचाहेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक निर्णयार्थ पेश गरेका थिए ।