आर्थिक

सुनको मूल्य घट्यो, चाँदीको कति ?

By खबरहब

September 24, 2021

काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले घटेकोे छ । छापावाल सुन बिहीबार ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन बिहीबार प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला पाँच रुपैयाँले बढेको छ । चाँदी बिहीबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएकामा आज एक हजार १६० रुपैयाँ तोकिएको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समय समयमा परिवर्तन भइरहन्छ ।