सांकेतिक तस्वीर

समाचार

ठमेलको होटलमा जर्मन नागरिक मृत फेला

By खबरहब

September 24, 2021

काठमाडौँ– काठमाडौँको ठमेलमा एकजना जर्मनीका नागरिक मृत फेला परेका छन् । उनी ठमेलस्थित एक होटलको कोठामा मृत फेला परेको प्रहरी बृत्त स्रोहखुट्टेले जनाएको छ ।

प्रहरीका अनुसार तीन महिनादेखि सो होटलमा बस्दै आएका जर्मन नागरिक डेभिड मिट ज्याकट मृत भेटिएका हुन् । प्रहरीले यो विषयमा होटल सञ्चालकसँग सोधपुछ भइरहेको जनाएको छ ।