बारम्बार आँखामा समस्या आइरहन्छ ? वा चिलाउँछ ? यदि हो भने तपाईको आँखामा समस्या छ । जसको स्याहार र सम्भार अत्यन्त आवश्यक छ ।
सबैभन्दा महत्वपुर्ण अंग मानिने आँखाको स्याहार गर्न सकिएन भने कालान्तरमा यसमा बिभिन्न प्रकारका समस्या समेत देखापर्न सक्छ । आँखाका समस्या बढ्दै गएमा दृष्टिविहिन समेत बन्न सकिन्छ । त्यसैले समयमै आँखाको उपचार गराउनु पर्दछ ।
यसरी गर्नुहोस् आँखाको स्याहार – धेरै धुलोमा नबस्ने । – घरपालुवा जनावर, कुकुर, बिरालोलाई नछुने । – रुखबिरुवा र फूललाई सीधै नछुने, छोएपछि साबुन पानीले हात नधोइ आँखा नछुने । – पालुवा पलाइरहेको रूखमुनि नबस्ने । – प्रदूषण नगर्ने र प्रदुषित क्षेत्रमा अनिवार्य नभइ नजाने । जानै परे चस्मा लगाएर जाने । – बाहिर जाँदा प्रोएक्टिभ मास्क या चस्मा लगाउने । – आँखामा जथाभावी पानी नलगाउने । एजेन्सीको सहयोगमा