रोचक/विचित्र संसार

फाटेको स्वेटरको मुल्य १ लाख ७१ हजार !

By खबरहब

September 24, 2021

आजकल बजारमा कैयौं ब्राण्ड र नयाँ फेसनको चर्चा छ । अहिले फेसन ट्रेण्डमा डिस्ट्रेस्ड कपडाको चलन निकै छ । डिस्ट्रेस्ड अर्थात जतापायो त्यहिबाट फाटेको र रंग रोगनको कुनै मापदण्ड नभएको कपडा हो । हालैमा यस्तै एक कपडा चर्चामा रहँदै भाइरल बन्यो र

हालैमा एक चर्चित लग्जरी ब्राण्डले एक स्वेटर सार्वजनिक गर्‍यो । लाखौँ मुल्यको सो स्वेटर डिस्ट्रेस्ड फेसनको आधारमा बनाइएको छ । जसका कारण सो स्वेटर चर्चामा रहँदै सामाजिक सञ्जालमा भाइरल नै बनेको छ ।

हाई–फाई रेन्जको सो स्वेटरको मुल्य १ हजार ४ सय ५० डलर रहेको छ । जो करीबन १ लाख ७१ हजार भन्दा बढि हुन आउँछ । यो स्वेटर चर्चामा आउनुमा यसको मुल्य मात्र होइन, यसको बेढंगको डिजाइन पनि हो । सो स्वेटर प्रष्टै फाटेको देखिन्छ । तर मुल्य भने यति धेरै महंगो छ । यसलाई किन्न कुनै आम व्यक्तिले चाहान्छ होला त ?

People are literally paying $1,450 for a destroyed Balenciaga sweater. Recession indicator 🤣 pic.twitter.com/lqYeYOaMlt

— Dom (@DomAesthetics) August 26, 2021