देश/प्रदेश

चाडपर्वमा दुर्घटना रोक्न ट्राफिक सचेतना कार्यक्रम

By खबरहब

September 24, 2021

कैलाली– कैलालीको गोदावरीमा दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना कार्यक्रम आयोजना भएको छ ।

अन्य समयभन्दा चाडबाडका बेला सवारी दुर्घटना बढी हुने गरेकोले चालक, सहचालक र सरोकार व्यक्तिलाई लक्षित गरी कार्यक्रम गरिएको सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले जानकारी दिए ।

उनले सम्पूर्ण चालकलाई आफ्नो सवारीसाधन जाँच गरेर मात्रै सञ्चालन गर्न आग्रह गरे ।

प्रहरी नायब महानिरीक्षक (डिआइजी) पुरूषोत्तम कँडेलले सवारी चालकलाई सावधानीपूर्वक सवारी साधान चलाउन लागि आग्रह  गरे ।

उनले चाडपर्वका बेला सम्भावित दुर्घटना हुन नदिन सवारी साधन चलाउनु अघि तिनको अवस्था जाँच गर्न सुझाव दिए ।

कार्यक्रममा सहभागीहरूले ट्राफिक प्रहरीले चिट मात्रै नकाटेर सवारी साधनको अवस्था तथा यात्रुको चाप नियन्त्रण गर्न र दुर्घटना न्यूनीकरणका उपायबारे बेलाबखत जानकारी गराउनुपर्नेमा सुझाएका थिए ।